शेयर बजार ३३ अङ्कले घट्याे, सबै समूहकाे सूचक ओरालाे लाग्याे

काठमाण्डाै । हिजो ३३ अङ्कले बढेको शेयर बजार आज त्यति नै अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ८३ अङ्कले घटेर २ हजार ८३३ दशमलव ०३ विन्दुमा झरेको छ ।

आज सबै समूहको सूचक घटेकोमा फाइनान्स र अन्य समूहको सूचक झन्डै २ प्रतिशतले उकालो लागेको छ । यस्तै जलविद्युत् र उत्पादन तथा प्रशोधन समूहको सूचक डेढ प्रतिशतले बढेको छ । आज २३६ वटा कम्पनीको शेयर घटेकोमा ३१ वटाको बढेको छ । यस्तै महिला लघुवित्त, नाडेप लघुवित्त र सुपर माई हाइड्रोपावरको शेयर भने घटबढ भएको छैन ।

आज सिन्धु विकास बैंकको शेयर सबैभन्दा धेरै साढे ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर डेभलपमेन्टको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब ५३ करोडको कारोबार भएकोमा आज ३४२ वटा कम्पनीका २ करोड ७ लाख कित्ता शेयर ९ अर्ब ३१ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search