लगातार तीन दिनदेखि सुनको भाउ बढ्दै : आज तोलाको एक लाख ६४ हजार रुपैयाँ

काठमाण्डौ । आज सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६३ हजार रुपैयाँ रहेको थियो । पछिल्लो तीन दिनयता सुनको भाउ लगातार बढिरहेको छ ।

त्यस्तै चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजो जस्तै तोलाको एक हजार नौ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search