राष्ट्रपति पौडेलद्वारा स्व. ढुङ्गानाका परिवारप्रति समवेदना

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वसभामुख स्वर्गीय दमननाथ ढुङ्गानालाई श्रद्धाञ्जली दिन उहाँको निवास पुग्नुभएको छ । आज बिहान राष्ट्रपति पौडेल स्व। ढुङ्गानाको परिवारसँग भेट गर्न बत्तिसपुतली निवासमा पुग्नुभएको हो ।

राष्ट्रपति पौडेलसँगै उहाँकी धर्मपत्नी सविता पौडेल पनि स्व. ढुङ्गानाका परिवारजनलाई समवेदना प्रकट गर्न उहाँको निवास पुग्नुभएको थियो । ढुङ्गाना निवासमा राष्ट्रपति पौडेलले परिवारसँग कुराकानी गरी समवेदन प्रकट गर्नुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search