सिलिचोङ । संखुवासभाको सिलिचोङ गाउँपालिकामा प्रथम सिलिचोङ अध्यक्ष कप भलिबल प्रतियोगीता सुरु भएको छ । सिलिचोङ गाउँ खेलकुद विकास समितिको आयोजनामा सञ्चालित अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगीता आजबाट सुरु भई ८ गते समापन हुनेछ ।
भलिबल प्रतियोगीतामा प्रथम हुने टिमले नगद २ लाख, दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ३५ हजार र सान्तवना हुनेले २५ हजार रुपैँयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने सिलिचोङ गाउँखेलकुद विकास समिति अध्यक्ष खेवाहाङ मेवाहाङले जानकारी दिनुभयो ।

उक्त प्रतियोगीतामा सिलिचोङ गाउँपालिका, चिचिला गाउँपालिका, कन्काई नगरपालिका, पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, मकालु गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका र चैनपुर नगरपालिकाको सहभागीता रहेको आयोजकले जनाएको छ ।












