सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

काठमाण्डौ । हिजो र अस्ति समान भाउमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अस्ति मंगलबार ४ सय रुपैयाँले बढेको थियो । हिजो सुनको भाउ अस्ति मंगलबारजस्तै तोलाको ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ८५ रुपैयाँ घटेर तोलाको ५ हजार २ सय ८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search