मकालु । संखुवासभाको मकालु गाउँपालिका वडा नं. ३ हेदाङ्नामा एक दिने पशु सम्बन्धि शिविर सम्पन्न भएको छ । जिल्ला भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्र खाँदबारीको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।

आइतबार सञ्चालित शिविरमा गाई, गोरु, भैँसी, भेडा, सुँगुर, कुखुरा लगायतमा लाग्ने विभिन्न प्रकारका रोग विरुद्धको खोप निशुल्क प्रदान गरिएको हो । साथै कुकुर बिरालोलाई रेविज विरुद्धको खोपसमेत प्रदान गरिएको छ ।

जिल्ला भेटेरीनरी तथा पशुसेवा विज्ञ केन्द्र खाँदबारीका कार्यालय प्रमुख हिमालय पोख्रेलको नेतृत्वमा संयौं संख्यामा रहेका घरपालुवा जनावरहरुको उपचार तथा परामर्श सेवा प्रदान गरिएको वडा अध्यक्ष बद्री बहादुर राईले जानकारी दिनुभयो ।

शिविर सञ्चालन गर्न सहयोग पुर्याउने विज्ञ केन्द्र खाँदबारी प्रति वडाअध्यक्ष राईले धन्यवाद ज्ञापन गर्नुभयो ।












