रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गयो

काठमाण्डौ । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

बिहान करिब ८ बजे भएको दुर्घटनामा एक महिला र दुई पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ । विकट ठाउँमा दुर्घटना भएकाले थप जानकारी आउन बाँकी रहेको छ ।

प्रहरीका अनुसार जीप गाडी सडकबाट करिब ६०० मिटर तल खसेको छ । दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट प्रहरी टोली खटिएको पनि श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search