अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लु पुष्टि, भाइरस सबै महादेशमा पुग्यो

अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लु (एच फाइभ एन वान) सङ्क्रमण पुष्टि भएको छ । योसँगै बर्ड फ्लुको अत्यधिक सङ्क्रामक भेरियन्ट सबै महादेशमा पुगेको छ । पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्रमा ‘ब्राउन स्कुआ’ नामक प्रवासी चरामा सङ्क्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाकी कृषिमन्त्री जुली कोलिन्सका अनुसार एस्पेरेन्स शहर नजिक केप ले ग्रान्ड राष्ट्रिय निकुञ्जको समुद्री किनारमा त्यो चरामा सङ्क्रमण देखिएको हो ।

कृषिमन्त्री कोलिन्सले एस्पेरेन्स समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको ‘साउदर्न पेट्रेल’ नामक चरामा पनि बर्ड फ्लुको आशङ्का गरिएको जानकारी दिनुभयो । यद्दपि अहिलेसम्म ठूलो सङ्ख्यामा चराहरू मरेका प्रमाण भने नभेटिएका उहाँको भनाइ छ ।

गएको वर्षको अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र हर्ड र म्याकडोनाल्ड टापुमा पनि बर्ड फ्लु देखिएको थियो । तर यी टापुहरू दक्षिणी हिन्द महासागरमा रहेका छन् ।

ठूलो आकारको समुद्री चरा ‘ब्राउन स्कुआ’ ले मुख्यतया अन्टार्कटिका क्षेत्रहरूमा प्रजनन गर्ने गर्छ । प्रजनन अवधि सकिएपछि यो चरा खाना र उपयुक्त वातावरणको खोजीमा उत्तरतर्फका क्षेत्रसम्म बसाइँ सर्ने गर्छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search