आधुनिक कतारका निर्माता शेख हमाद बिन खलिफा अल थानीको निधन

कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन भएको उहाँको ७४ वर्षको उमेरमा आज निधन भएको कतार सरकारले जनाएको छ । शेख हमाद बिन खलिफाले सन् १९९५ देखि २०१३ सम्म कतारको सत्ता सम्हाल्नुभएको थियो । उहाँको कार्यकालमा आधुनिक कतारको विकासका लागि महत्त्वपूर्ण आधार तयार भएको मानिन्छ ।

आधुनिक कतारका निर्माता मानिने शेख हमाद बिन खलिफाले राजनीतिक, आर्थिक र सामाजिक सुधारको महत्त्वाकाङ्क्षी एजेन्डालाई अघि बढाउन देशको विशाल प्राकृतिक ग्यास सम्पदाको सदुपयोग गर्दै विकास, सुधारका योजना तथा शैक्षिक कार्यक्रमहरू अघि बढाउनुभएको समाचार संस्था अलजजीराले लेखेको छ ।

सन् २०१३ मा उहाँले आफ्ना छोरा शेख तमिम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गर्नुभएको थियो । खाडी क्षेत्रमा शान्तिपूर्ण सत्ता हस्तान्तरण बिरलै हुने गर्दछ ।

पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको कार्यकालमा कतारको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २४ गुणाभन्दा धेरैले बढेको थियो । यस्तै उहाँको कार्यकालमा कतार फाउन्डेशनको स्थापना, सन् १९९६ मा अल जजिरा समाचार च्यानलको शुरुआत, सन् २००४ मा कतारको पहिलो स्थायी संविधानको घोषणा तथा स्थानीय चुनावमार्फत महिलालाई मतदान गर्ने र उम्मेदवार बन्ने अधिकार प्रदान गरिएको थियो ।

उहाँको नेतृत्वमा कतारले सन् २०२२ को फिफा विश्वकप आयोजना गर्ने अधिकार प्राप्त गरेको थियो । कुनै अरब राष्ट्रले यस्तो अधिकार पाएको यो पहिलो पटक थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search