आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा बाढीको मध्यम जोखिम

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित विभिन्न १८ जिल्लामा बाढीको मध्यम जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ,भक्तपुर,ललितपुरसहित १८ जिल्ला र आसपासका नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको हो ।

काठमाण्डौ उपत्यकासहित आज तेह्रथुम, संखुवासभा, रामेछाप, दोलखा, काभ्रे, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, बाजुरा, डोटी, डडेलधुरा, बैतडी, दार्चुलाका स-साना नदीमा पानीको बहाब उल्लेख्य बढ्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search