काठमाण्डाै । लगातार ६ कारोबार दिन बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३.९५ अङ्कले घटेर २ हजार ७१२.५४ विन्दुमा झरेको छ ।आज फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक साढे २ प्रतिशतले ओरालो लागेको छ ।
आज १९३ वटा कम्पनीको शेयर घटेकोमा ७७ वटाको बढेको छ । यस्तै ७ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । आज नेपाल क्रेडिट एन्ड कमर्स बैंकको डिबेन्चर ७ दशमलव १६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन एभरेस्ट कलरको शेयर १५ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ३४६ वटा कम्पनीको शेयर ५ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ ।











