काठमाण्डाै । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४.१७ अङ्कले बढेर २ हजार ७२७.७२ विन्दुमा पुगेको छ । आज लगानी र अन्य बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह साढे २ प्रतिशतले उकालो लागेको छ ।
आज १५३ वटा कम्पनीको शेयर घटेकोमा १११ वटाको बढेको छ । यस्तै १२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । आज एभरेस्ट कलरको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कुथेली बुखरी स्मल हाइड्रोपवारको शेयर १५ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब १८ करोडको कारोबार भएकोमा आज ३३८ वटा कम्पनीका १ करोड ७७ हजार कित्ता शेयर ४ अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएको छ ।











