सर्वोच्चमा कांग्रेस देउवा पक्षको पुनरावलोकन निवेदन

काठमाण्डौ । सर्वोच्च अदालतमा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्यसमितिलाई आधिकारिक दिएको आदेश पुनरावलोकन गर्न निवेदन परेको छ । सर्वोच्च अदालतका अनुसार कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाली कांग्रेसको बिवादको विषयको निवेदनमा सर्वोच्च अदालतले गरेको अन्तिम आदेशमाथि हिजो पुनरावलोकन निवेदन दर्ता गरेको हो ।

न्यायाधीशहरू शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले गएको वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगनकुमार थापाको कार्यसमितिलाई मान्यता दिएको थियो ।

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको थियोे ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search