आज सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ । अस्ति शुक्रबार बढेको सुनचाँदीको भाउ आज घटेको हो । सुन आज तोलामा एक हजार ८०० रुपैयाँले घटेको छ । भाउ घटेर सुन तोलाको दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलामा एक हजार रुपैयाँले बढेर तोलाको दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेको छ ।

शुक्रबार तोलामा ५० रुपैयाँले बढेर तोलाको चार हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर तोलाको चार हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search