नेपालको विरोधकै बीच लिपुलेकबाट भारत–चीन सीमा व्यापार फेरि शुरू

काठमाण्डाै । नेपालको अतिक्रमित भूमि लिपुलेकबाट भारत र चीनले फेरि व्यापार शुरू गरेका छन् । अगस्ट १ तारिख अर्थात् हिजोदेखि लिपुलेक हुँदै २ देशबीच सीमा व्यापार फेरि शुरू भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लिपुलेक नेपाली भूभाग हो । यसको उत्तरतर्फ चीनको तिब्बत छ । लिपुलेकभन्दा झन्डै १७ किलोमिटर पश्चिममा लिम्पियाधुरा पर्छ जसलाई नेपालले चीन र भारतसँगको त्रिदेशीय विन्दु मान्दै आएको छ ।

नेपालले लिपुलेकबाट २ देशबीच व्यापार गर्ने सहमतिको विरोध गर्दै आएको छ । भारत र तिब्बतबीच लिपुलेक हुँदै शताब्दीऔँ पुरानो व्यापारिक सम्बन्ध रहेकोमा सन् १९६२ को भारत–चीन युद्धपछि स्थगित भएको थियो । पछि सन् १९९२ मा फेरि शुरू भएको लिपुलेक नाकाबाट हुने सीमा व्यापार कोरोना महामारीका कारण सन् २०१९ मा फेरि स्थगित भएको थियो ।

झन्डै ७ वर्षपछि फेरि व्यापार शुरू भएको दिन हिजो १६ जना भारतीय व्यापारीको समूह तिब्बततर्फ प्रस्थान गरेको छ । उनीहरू यसअघि कोरोना महामारीका बेला अकस्मात् नाका बन्द हुँदा रोकिएको सामानको अवस्था बुझ्न कुनै सामान नलिई तिब्बत गएका हुन् ।

लिपुलेक नाकाबाट मुख्यतया भारतको उत्तराखण्डको पिथौरागढ जिल्लाका व्यास, दारमा र चौदास उपत्यकाका व्यापारीहरूले व्यापार गर्छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search