अमेरिका र इरानबीच फेरि वार्ताको सम्भावना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबिच फेरि वार्ता शुरु हुने बताउनुभएको छ । ट्रम्पले इरानसँग सम्झौताको सम्भावना निकै नजिक पुगेको दाबीसहित आजदेखि पुनः वार्ता हुने बताउनुभएको छ ।

वार्ताको मुख्य विषय मानिएको स्ट्रेट अफ हर्मुजको व्यवस्थापन, इरानको आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा दुई पक्षबिच अझै गम्भीर मतभेद छ । नयाँ चरणको वार्ता भए महिनौँदेखिको अमेरिका–इरान सैन्य तनाव मत्थर हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकालाई गएको जुनमा भएको समझदारीप्रति प्रतिबद्ध रहन आग्रह गर्नुभएको छ ।

गएको जुन १७ मा अमेरिका र इरानले युद्धविरामलाई ६० दिन विस्तार गर्ने समझदारीमा हस्ताक्षर गरेका थिए । तर त्यो पालना हुन सकेन । मध्यपूर्वमा पाँच महिनादेखि द्वन्द्व छ ।

अमेरिका र इजरायलले गएको फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही शुरु गरेका थिए ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search