नर्सिङ सुधारको माग गर्दै प्रदर्शन, अनशनरत रानाभाट आईसीयूमा

काठमाण्डौ । विभिन्न १५ बुँदे माग राख्दै आन्दोलनरत नर्सहरूले आज काठमाण्डौको वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रको सुधार र न्यूनतम पारिश्रमिकको ग्यारेन्टी हुनुपर्ने मागसहित आमरण अनशनमा बसेकी नर्स ज्योति रानाभाटको समर्थनमा उनीहरूले प्रदर्शन गरेका हुन् । अनशनको पाँचौँ दिन रानाभाटको स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई वीर अस्पतालको आईसीयूमा सारिएको छ ।

यसैबीच, स्वास्थ्य मन्त्री निशा मेहताले रानाभाटको आन्दोलनप्रति मन्त्रालय गम्भीर रहेको र उच्चस्तरीय संवादमार्फत समस्याको सकारात्मक समाधान खोज्ने प्रयास भइरहेको बताउनुभएको छ । तर, अनशनरत रानाभाटले भने स्वास्थ्य, शिक्षा, श्रम र अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित अधिकार सम्पन्न वार्ता टोलीसँग मात्र छलफल गर्ने अडान राख्नुभएको छ ।

नेपाल नर्सिङ संघले पनि विगतमा भएका सहमति तत्काल कार्यान्वयन गरी अनशनरत रानाभाटको जीवन रक्षाका लागि अविलम्ब कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search