शेयर बजार २१ अङ्कले घट्याे, सबै समूह राताम्मे

काठमाण्डाै । हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज २१.१५ अङ्कले घटेर २ हजार ६६३.१८ विन्दुमा झरेको छ । आज सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज २१३ वटा कम्पनीको शेयर घटेकोमा ५९ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर झन्डै साढे १३ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन एभरेस्ट कलरको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३४३ वटा कम्पनीको १ करोड ७ लाख कित्ता शेयर ४ अर्ब ७ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search