काठमाण्डौ । आज धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले शैक्षिक संस्थाहरुमा शोक बिदा दिएको छ । वरिष्ठ साहित्यकार, भाषाविद् एवं शिक्षाविद् प्रा.डा.राजेन्द्र विमलको निधनमा आज धनुषाको जनकपुर उपमहानगरपालिकाले शैक्षिक संस्थाहरुमा शोक बिदा दिएको छ ।
जनकपुर उपमहानगरपालिकाले सार्वजनिक सूचनामार्फत आज एक दिन शोक बिदा दिएको जनाएको छ । अस्ति बेलुका घरमै स्वास्थ्यमा समस्या आएपछि राति अस्पताल लगिएका उहाँको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको थियो ।











