काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । हिजो एकैदिन तोलामा ६ हजार ४०० रुपैयाँले बढेको सुनको भाउ आज तोलामा एक हजार २०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि हिजो सुन तोलाको ३ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलाको ४ हजार ७४५ रुपैयाँ रहेको छ । यसअघि हिजो चाँदी तोलामा ११० रुपैयाँले बढेर तोलाको ४ हजार ७८० रुपैयाँ पुगेको थियो ।











