११ औँ एमबीसी इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीलाई चार स्वर्ण पदक

काठमाण्डौ । दक्षिण कोरियामा भएको ११औँ एमबीसी इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण पदक जितेका छन् । गएको सााउन २१ देखि २५ गतेसम्म छुनछनान्दोको गेउमसान रंगशालामा भएको प्रतियोगितामा नेपालका खेलाडीले चार स्वर्ण जितेका हुन् । प्रेमबहादुर लिम्बूले ४० वर्षमुनिको सिनियर ‘ए’ लिग एकल पुम्सेमा स्वर्ण र सीता तामाङले यही उमेर समूहको महिला एकल पुम्सेमा स्वर्ण जितेका छन्

प्रेमबहादुर लिम्बू र सीता तामाङको जोडीले ४० वर्षमुनिको सिनियर ‘ए’ लिग युगल पुम्सेमा पनि स्वर्ण जितेका छन् । यसैगरी, अस्मिन रावतले ३० वर्षमुनिको सिनियर ‘ए’ लिग एकल पुम्सेमा स्वर्ण पदक जितेका हुन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search