राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको उपस्थिति बढेको हो ।

राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट दुई जनालाई मनोनयन गर्नुभएको हो । अहिले प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्वराष्ट्रिय धावक हुनुहुन्छ । उहाँले ४०० र ८०० मिटरको दूरीमा कीर्तिमान कायम गर्नुभएको थियो ।

ललिता नाथ पूर्वराष्ट्रिय भलिबल खेलाडी हुनुहुन्छ । उहाँ पछिल्लो समय कर्णाली यश्विस टोलीमा आबद्ध हुनुहुन्थ्यो । राखेपको उपाध्यक्षमा विशाल श्रेष्ठ हुनुहुन्छ । उहाँ पूर्वफुटबल खेलाडी (गोलकिपर) हुनुहुन्छ । बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठ पनि पूर्वटेबल टेनिस खेलाडी हुनुहुन्छ ।

उहाँ विश्व महिला टेबल टेनिस वरियतामा ५१० स्थानसम्म पुग्नुभएको थियो । बोर्ड सदस्यमा शक्ति गौचन हुनुहुन्छ । गौचन पूर्वक्रिकेटर हुनुहुन्छ । बोर्ड सदस्य मोनालिसा खम्बु पनि पूर्वखेलाडी हुनुहुन्छ । पूर्वफुटबल खेलाडी पवन शाही पनि अहिले परिषद्को बोर्ड सदस्य हुनुहुन्छ ।
हुनुहुन्छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search