ग्यासकाे अभाव समाधान गर्न सरकारलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन

काठमाण्डाै । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रियसभाकाे आजकाे बैठकमा अध्यक्ष दाहालले ग्यासको सहज आपूर्ति तथा बिक्री/वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । बैठकको शून्य तथा विशेष समयमा सदस्यहरूले ग्यासको अभाव हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको विषय उठाएका थिए ।

सांसदहरूको चासो र जनस्तरबाट प्राप्त व्यापक गुनासोलाई दृष्टिगत गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘माननीय सदस्यहरूले शून्य समय र विशेष समयमा बजारमा ग्यासको अभावका कारण सर्वसाधारणले भोग्नुपरेको समस्या उठाइरहनुभएको छ । साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकाले सहजरूपमा ग्यासको आपूर्ति तथा बिक्री/वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदछु ।’

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search