काठमाण्डौ । उपचुनाव भएका पालिकाका ३३ वडाहरुमध्ये ३१ वटाको नतिजा सार्वजनिक भएको छ । पहिलोपटक पालिका चुनावमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) ले काठमाण्डौ १६ मा जीत हासिल गरेको छ ।
नतिजा सार्वजनिक भएकामध्ये १५ वटा वडामा कांग्रेस, ५ वटामा एमाले, ५ वटामा माओवादी र २ वटामा जसपा नेपाल विजयी भएका छन् । एकीकृत समाजवादी, नेमकिपा र स्वतन्त्र उम्मेदवारले १र१ वडा जितेका छन् ।
रास्वपाका उम्मेदवार विजयी भएको वडा ?
१. काठमाण्डौ महानगरपालिका – १६, रोजिना श्रेष्ठ । ९०७९ मा कांग्रेसले जितेको०
कांग्रेसका उम्मेदवार विजयी भएका वडा ?
१. कीर्तिपुर नगरपालिका –१, इच्छा कुमार महर्जन ( ९०७९ मा कांग्रेसले जितेको)
२. हेटौंडा उपमहानगरपालिका – १२, अर्जुनप्रसाद तिवारी ( ९०७९ मा माओवादीले जितेको)
३. कञ्चनपुरको भीमदत्त नगरपालिका – ६, प्रकाश चन्द ( ९०७९ मा कांग्रेसले जितेको)
४. तेह्रथुमको लालिगुराँस नगरपालिका – ८, नगेन्द्र लिम्बु ( ९०७९ मा कांग्रेसले जितेको)
५. सुनसरीको गढी गाउँपालिका – ६, तेतर साहु ( ९०७९ मा एमालेले जितेको)
६. रोल्पाको रुन्टीगढी गाउँपालिका – ४, भुपमणि पुन मगर ( ९०७९ मा कांग्रेसले जितेको)
७. बर्दियाको ठाकुरबाबा नगरपालिका – ४, अमिन थारु ( ९०७९ मा कांग्रेसले जितेको)
८. रौतहटको राजपुर नगरपालिका – ६, समसे आलम ( ९०७९ मा कांग्रेसले जितेको)
९. गुल्मीको मुसिकोट नगरपालिका– १, आनन्द श्रेष्ठ ( ९०७९ मा कांग्रेसले जितेको)
१०. रौतहटको इशनाथ नगरपालिका – ७, शेख अब्दुल खलिक ( ९०७९ मा एमालेले जितेको)
११. डोटीको पूर्वीचौकी गाउँपालिका – ६, मोहन थापा ( ९०७९ मा कांग्रेसले जितेको )
१२. रुकुम पश्चिमको सानीभेरी गाउँपालिका – ५, मोतीराम खत्री ( ९०७९ मा कांग्रेसले जितेको)
१३. जाजरकोटको कुशे गाउँपालिका–७, खम्बबहादुर सिंह ( ९०७९ मा माओवादीले जितेको)
१४. दार्चुलाको दुहुँ गाउँपालिका – ५, धनबहादुर कुँवर ( ९०७९ मा माओवादीले जितेको)
१५. बझाङको सूर्मा गाउँपालिका – ४, धिरेन्द्र पूजारा ( ९०७९ मा एमालेले जितेको)
एमालेका उम्मेदवार विजयी भएका वडा ?
१. कपिलवस्तुको शुद्धोधन गाउँपालिका – १, मोहमद ताहिर मुसलमान ( ९०७९ मा कांग्रेसले जितेको)
२. दैलेखको दुल्लु नगरपालिका – १, लालबहादुर शाही ( ९०७९ मा एमालेले जितेको)
३. ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका – ३, कुमारी सावादेन ( ९०७९ मा कांग्रेसले जितेको )
४. महोत्तरीको रामगोपालपुर नगरपालिका – २, सकिबुल खाँ ( ९०७९ मा माओवादीले जितेको)
५. ओखलढुङ्गाको मोलुङ गाउँपालिका – ५, गङ्गाबहादुर तामाङ (९०७९ मा एमालेले जितेको)
माओवादीका उम्मेदवार विजयी भएका वडा ?
१. उदयपुरको त्रियुगा नगरपालिका – १२, नविनकुमार वान्तवा राई ( ९०७९ मा कांग्रेसले जितेको)
२. नुवाकोटको ककनी गाउँपालिका – २, कृष्ण घिमिरे (मिलन) ( ९०७९ मा कांग्रेसले जितेको)
३. धनुषाको धनुषाधाम नगरपालिका – १, सुनिल कापर केवट ९०७९ मा कांग्रेसले जितेको)
४. गोरखा नगरपालिका – ५, विष्णुबहादुर रानामगर (९०७९ मा एमालेले जितेको)
५. डोल्पाको त्रिपुरासुन्दरी – ५, नरबहादुर झाक्री (९०७९ मा एमालेले जितेको)
जसपा नेपालका उम्मेदवार विजयी भएका वडा ?
१. सप्तरीको डाक्नेश्वरी नगरपालिका – १, धिरेन्द्रकुमार साह ( ९०७९ मा कांग्रेसले जितेको)
२. सप्तरीको डाक्नेश्वरी नगरपालिका – ४, देवेन्द्रप्रसाद यादव (९०७९ मा कांग्रेसले जितेको)
एकीकृत समाजवादीका उम्मेदवार विजयी भएको वडा ?
१. रौतहटको गढीमाई नगरपालिका – ८, बजरङ्गीप्रसाद यादव ( ९०७९ मा जसपाले जितेको)
नेमकिपाका उम्मेदवार विजयी भएको वडा ?
१. कालीकोटको तिलागुफा गाउँपालिका – ४, खड्कराज शाही ( ९०७९ मा माओवादीले जितेको)
स्वतन्त्र उम्मेदवार विजयी भएको वडा ?
१. झापाको कन्काई नगरपालिका – ६, लक्ष्मीप्रसाद ओली ( ९०७९ मा एमालेले जितेको)
नतिजा आउन बाँकी
१. उदयपुरको वेलका –९ ९०७९ मा कांग्रेसले जितेको)
२. कीर्तिपुर – ४ ९०७९ मा स्वतन्त्रले जितेको)











