काठमाण्डौ । सुनचाँदीको भाउ आज यथावत् रहेको छ । आज अस्ति शुक्रवारकै भाउ तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि घटबढ भएको छैन । चाँदी तोलाको एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।