काठमाण्डाै । गुल्मीमा दल परिवर्तन गरेपछि दुई जना वडाध्यक्ष पदमुक्त भएका छन् । मुसिकोट नगरपालिका–२ का अध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिका–३ का अध्यक्ष पदमबहादुर विष्ट आफू निर्वाचित भएको दल कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि पद खोसिएको हो ।
निर्वाचन आयोगले आज सूचना निकालेर नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेका कारण पद रिक्त भएको जानकारी दिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ ।











