पाँचखपन : राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा इन्द्र बहादुर श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँचखपन नगरपालिकामा ऐतिहासिक प्रथम नगर अधिवेशन सम्पन्न गरेको छ । आइतबार सम्पन्न अधिवेशनले नगर सभापतिमा इन्द्र बहादुर श्रेष्ठ निर्विरोध चयन भएका छन् । अधिवेशनले १५ सदस्सीय समिति चयन गरेको हो । उपसभापतिका लागि पार्टिको विधान अनुसार मनोनयन गरिने छ भने सचिवमा राजन खड्का, सहसचिवमा तेम्बा शेर्पा र कोषाध्यक्षमा शिव कुमारी श्रेष्ठ चयन भएको सभापति इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।

 

यस्तै पाँचखपन नगरपालिका र्याट समितिका प्रमुखमा निमाठिले शेर्पा, उपप्रमुखमा नेत्र बहादुर खड्का, सचिवमा यत्न कुमार श्रेष्ठ र सह–सचिवमा कुसुम श्रेष्ठ चयन भएका छन् । उक्त समिति पनि १५ सदस्सीय रहेका छन् ।

अधिवेशन कै क्रममा पाँचखपनबाट १ सय ५० भन्दा बढी व्यक्तित्वहरु विभिन्न पार्टी परित्याग गरी रास्वपा प्रवेश गरेको र्याट संयोजक निमाठिले शेर्पाले जानकारी दिए । पाँचखपन ७ का वडा अध्यक्ष सन्तोष वस्नेतको नेतृत्वमा मात्रै ५३ जनाले रास्वपा प्रवेश गरे । कांग्रेस निकट वस्नेत २०७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा प्रस्तुत भई निर्वाचित भएका थिए भने पछिल्लो समय नेपाली कांग्रेसमा नै क्रियाशिल रहेका थिए ।

त्यस्तै नेकपा एमाले पाँचखपन नगर कमिटीका सचिव राजन खड्का पनि रास्वपा प्रवेश गरेको शेर्पाले जानकारी दिए । सोही कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य सिता श्रेष्ठ पनि रास्वपा प्रवेश गरेकी छिन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनका क्रममा उपमेयर पदका उपविजेता हुन् । यससंगै पाँचखपनका विभिन्न वडाहरुबाट विभिन्न व्यक्तित्वहरुले रास्वपा प्रवेश गरेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search