काठमाण्डौ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसहित विभिन्न कसुरमा मुछिएका दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी उनीहरूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको हो । अग्रवालको हकमा स्वास्थ्य उपचारलाई मध्यनजरमा राख्न अदालतले भनेको छ । उनीहरूबाट बरामद भएका विदेशी विनिमय अमेरिकी डलर र थाइ भाट नेपाल राष्ट्र बैङ्कमा पठाउन भनिएको छ ।
भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरी उनीहरूविरूद्ध विशेष अदालत, उच्च अदालत, जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरिएको थियो ।
उनीहरूमाथि बीमा ऐन सम्बन्धी कसुर, बैंकिङ कसुर, सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत कसुर, धितोपत्र सम्बन्धी कसुर र विदेशी विनिमय ऐन सम्बन्धी कसुर गरेको आरोप छ ।











