आज सुनको भाउ बढ्यो : चाँदीको घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ बढेको छ । चाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ६०० रुपैयाँले बढेका हो । भाउ बढेर सुन आज तोलाको दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको दुई लाख ८७ हजार ४०० रुपैयाँ रहेको थियो ।

चाँदी आज तोलामा ३५ रुपैयाँले घटेको छ । शुक्रबार तोलाको चार हजार ५१० रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको चार हजार ४७५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search