जनकपुरबाट पैदलै काठमाण्डौ हिँडेका मिटरब्याज पीडित झरीमा भिज्दै सर्लाही आइपुगे

काठमाण्डाै । पटक पटक सहमति भए पनि आफ्नो समस्या समाधान नभएपछि कुरा सुनाउन मधेशबाट सिंहदरबार हिँडेका मिटरब्याज पीडितहरू सर्लाहीको हरिवन आइपुगेका छन् ।

जनकपुरबाट ४ दिनअघि काठमाण्डाैसम्मको पैदल मार्चमा हिँडेका उनीहरू वर्षाको झरी र प्रचण्ड गर्मी सहँदै हरिवनबाट अघि बढेका हुन् । गएको चुनावमा रास्वपाले पहिलो चुनावी सभा गरेको तिरहुतियागाछीमा फर्जी तमसुक जलाएर अघि बढेका उनीहरू सबैखालै समस्यासँग जुधेर काठमाण्डौ पुग्ने अभियानमा छन् ।

बालेन्द्र शाहले प्रधानमन्त्री बन्नुअघि जनकपुरधाममा गरेको सम्बोधनमा मिटरब्याजबाट पीडित भएकाहरूको समस्या समाधान गर्ने बताए पनि १०० दिनसम्म आफूहरू बेवास्तामा परेको उनीहरूको गुनासो छ ।

पैदल मार्चमा ४५ जिल्लामा ४५० जनाभन्दा धेरै पीडित सहभागी रहेका छन् । साउन दोस्रो हप्ता काठमाण्डौ आइपुग्ने योजनामा रहेका उनीहरूले मिटरब्याज पीडितको पक्षमा विशेष ऐन ल्याउनुपर्ने, पीडितहरूको सम्पत्ति फिर्ता गरिनुपर्नेलगायत माग राखेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search