सुनचाँदीको भाउ घट्यो,सुन तोलाको २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार

काठमाण्डाै । हप्ताको अन्तिम कारोबार दिन आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ ३ हजार १०० रुपैयाँले घटेर तोलाको २ लाख ८२ हजार १०० रुपैयाँमा करोबार भइरहेको छ ।

हिजो सुनको भाउ सामान्य बढेर तोलाको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेर ४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search