पाँचखपन नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाई कार्यक्रम बिहीवार सम्पन्न भएको छ । पाँचखपन नगरपालिकाको आयोजना तथा संखुवासभा मल्टिमिडियाको प्रा.लि. को सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाले आर्थिक वर्षमा सञ्चालन गरेका विकास निर्माण, बजेट कार्यान्वयनको अवस्था तथा सेवा प्रवाह सम्बन्धि सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

कार्यक्रममा नगरपालिका भित्रका नागरिकहरुको राय, सुझाब, तथा गुनासो नगरपालिकाको राम्रो पक्ष लगायतको सर्वेक्षण प्रतिवेदन नविनकला जैरुले प्रस्तुत गर्नु भएको थियो । यस्तै नगरपालिकाको चालु आर्थिक वर्षको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत रमेश प्रशाद रिजालले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उपस्थित नागरिकले जिज्ञासा तथा सुझाबहरु राखेका थिए । उठेका जिज्ञासा तथा सुझावहरुको नगरपालिका प्रमुख विपिन राई, नगर उपप्रमुख सुमना श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत रिजालले राख्नु भएको थियो ।

कार्यक्रममा नगरपालिका प्रमुख राई, उपप्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रिजाल, सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, इलाका प्रहरी कार्यालय वानाका प्रमुख सुन्दर कुमार यादव, नगरपालिका अन्तर्गत सबै शाखाका कर्मचारीहरु स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search