४१ वर्षीय रोनाल्डोले जर्जिनासँग विवाह गरे

पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । ४१ वर्षीय रोनाल्डो र ३२ वर्षीया उनकी प्रेमिका जर्जिना रोड्रिगेजले हिजो पोर्चुगलको कास्काइसमा निजी तथा नागरिक समारोहबीच विवाह गरेका हुन् । रोनाल्डोको व्यवस्थापन पक्षका अनुसार विवाह समारोह निकै निजी र पारिवारिक थियो ।

समारोहमा उनीहरूका पाँचै सन्तानको समेत उपस्थिति रहेको थियो । रोनाल्डो र रोड्रिगेजका चार सन्तान छन् भने रोनाल्डोका अघिल्लो सम्बन्धबाट एक छोरा छन् । उनीहरूका जुम्ल्याहा सन्तान इभा मारिया र माटेओ ९ वर्षका, छोरी अलाना ८ वर्षकी र छोरी बेला ४ वर्षकी छन् ।

रोनाल्डो जुनियर १६ वर्षका छन् । विवाहपछि रोनाल्डोले सामाजिक सञ्जालमा आफू र रोड्रिगेजले विवाहको औँठी लगाएका हातको तस्वीर सार्वजनिक गर्दै ‘सी लभ जी’लेखेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search