साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हुथी विद्रोहीले प्रहार गरेका कैयौँ क्षेप्यास्त्र अवरोध गरेको जनाएको छ ।
साउदी अरबमाथि लगातार गएराती पनि आक्रमण भएको अलजजिराले जनाएको छ । यसअघि राजधानी रियादको व्यापारिक क्षेत्रमा रहेको एक अग्लो भवनमा क्षेप्यास्त्र आक्रमणबाट क्षति पुगेको थियो ।
यसैबीच, यमनको राजधानी सानामा पछिल्लो दुई दिनमा भएका आक्रमणमा १० जनाको ज्यान गएको हुथी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यमनी सरकार र साउदी नेतृत्वको गठबन्धन सेनाले इरानसमर्थित हुथी विद्रोही समूहसँग आक्रमण जारी राखेका छन् ।
यता, अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले अमेरिका र इजरायलको इरानसँगको युद्धले विश्वको ऊर्जा क्षेत्रमा दीर्घकालीन असर पार्ने चेतावनी दिएको छ ।
एजेन्सीका कार्यकारी निर्देशक फतिह बिरोलले संकट जति लामो समयसम्म जारी रहन्छ, ऊर्जा क्षेत्रमा यसको प्रभाव त्यति नै गहिरो हुँदै जाने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्