काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा मुस्ताङमा एक लाख १२ हजारभन्दा बढी पर्यटक गएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार साउनदेखि कात्तिकसम्म एक लाख १२ हजार ४८ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ पुगेका हुन् ।
पर्यटकमध्ये ५७ हजार ८३१ जना नेपाली र ५४ हजार २१७ जना विदेशी छन् । विदेशी पर्यटकको तुलनामा नेपाली पर्यटकको सङ्ख्या तीन हजार ६१४ अर्थात् ६ दशमलव २४ प्रतिशतले बढी छ ।
साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८, असोजमा १९ हजार ५३९ र कात्तिकमा ४१ हजार ७०७ पर्यटक मुस्ताङ पुगेका छन् । दशैँ, तिहार र छठ पर्वको लामो बिदाका कारण कात्तिकमा पर्यटक आगमन उल्लेख्य बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
असोजमा ठूलो वर्षाका कारण बेनी–जोमसोम सडक दुई हप्ता भन्दा बढी अवरुद्ध हुँदा पर्यटक आगमन प्रभावित भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा सात लाख ७७ हजार ७३७ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्