काठमाण्डौ । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ विजयी हुनुभएको छ । उहाँले सात सय ४२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले चार सय ९५ मत ल्याउनुभयो । यस्तै माओवादीका नारायण विष्टको दुई सय ८७ र एमालेका बद्री बुढाथोकीको एक सय ५४ मत आएको छ ।
यसअघि कीर्तिपुर ४ मा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।











