पाँचखपन २ स्याबुनका २४७ परिवारलाई स्वच्छ खानेपानी हस्तान्तरण

संखुवासभाको पाँचखपन नगरपालिकाका वडा नं. २ स्याबुनका २ सय ४७ घर परिवारका लागि स्वच्छ खानेपानी हस्तान्तरण गरिएको छ । गोर्खा वेलफेयर ट्रष्टको आर्थिक तथा प्राबिधिक सहयोग र पाँचखपन नगरपालिकाको साझेदारीमा सञ्चालित एक घर एक धारा कार्यक्रम शुक्रबार हस्तान्तरण गरिएको हो ।

स्याबुनमा खानेपानीको हाहाकार रहेको अवस्थामा नगरप्रमुख बिपिन राई र वडा अध्यक्ष ओम बहादुर श्रेष्ठको प्रयास तथा जी डब्लु टीको सहयोगमा योजना सम्पन्न गरी आज हस्तान्तरण गरिएको हो । उक्त आयोजनामा उपभोक्ताहरुको जनश्रमदान धेरै भएकोले नागरिकलाई केही राहत पुगोस् भन्ने उदेश्यले श्रमदानमार्फतको प्रत्येक घरको प्रतिदिन २ सय ५० को दरले नगरपालिकाले उपलब्ध गराउनको लागि बजेट बिनियोजनसमेत गरिएको छ । उपभोक्ता परिवारले एक भारा बराबर ९० दिन जनश्रमदान गर्नुपर्ने हुन्छ ।

कार्यक्रममा गोर्खा वेलफेयरका प्रतिनिधिहरु, वडा अध्यक्षहरु, नगर प्रमुख तथा उपप्रमुखहरु र स्थानीयको उपस्थिति रहेको थियो । पाँचखपनका ९ ओटै वडामा करिब १२ सय घर परिवारलाई सफा खानेपानी वेलफेयर र नगरपालिकाको पहलमा निर्माण भइरहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search