काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फा निलम्बनमा परेको छ । अनावश्यक हस्तक्षेप भएको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले नेपाली फुटबललाई निलम्बन गरेको हो ।
फिफा काउन्सिल ब्युरोले एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ । निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लबहरू औपचारिक रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।
यसले अरु खेलकुद गतिविधि पनि प्रभावित हुनेछन् । विश्वकप चलिरहँदा एन्फा निलम्बनमा परेको खबरले आम नेपाली फुटबल समर्थकहरू चिन्तित बनेका छन् ।
एन्फा पटक–पटक विवादित र निलम्बनमा पर्दै आएको छ ।











