काठमाण्डौ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ड्युटी’को समयमा सेवाग्राहीसहित अरु व्यक्तिलाई नमस्कार गर्न मातहतका ट्राफिक प्रहरीलाई ‘सर्कुलर’ जारी गरेको छ ।
गाडी चालकसहित अरु सेवाग्राहीसँग ड्युटीको समयमा हात मिलाउनुको सट्टा नमस्कार भन्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशनसहितको सर्कुलर जारी गरेको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्णरूपमा त्याग्नुपर्ने र त्यसको सट्टा टाढैबाट नमस्कार मात्र गरी सम्मान गर्नु/गराउनु भन्ने निर्देशन दिइएको छ ।











