मकालु ३ का ६० परिवारलाई निशुल्क गाई वितरण

संखुवासभाको मकालु गाउँपालिका वडा नं. ३ का ६० घरपरिवारलाई निशुल्क गाई वितरण गरिएको छ । प्लान फर नेपालका अध्यक्ष दावा शेर्पाको समन्वयमा मनी पर इल नेपालका सचिब लाराको उपस्थितीमा वडा नं ३ का स्थानीयलाई एक÷एक वटा गाई निशुल्क वितरण गरिएको हो ।

सोही संस्थाले यस वडामा गत बर्ष ठूलो संख्यामा गाई वितरण गरेको थियो । यसरी गाई वितरण गरेर सहयोग गर्नुहुने संस्था प्रति वडा अध्यक्ष राईले आभार व्यक्त गर्नुभयो । यो कार्यक्रमले स्थानीय नागरिकलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search