फ्रेन्च ओपनको पुरस्कार रकम साढे ९ प्रतिशतले बढ्यो

काठमाण्डाै । यस वर्षको फ्रेन्च ओपनको पुरस्कार रकम साढे ९ प्रतिशतले बढ्ने भएको छ । योसँगै कुल पुरस्कार रकम ७ करोड २६ लाख ९० हजार अमेरिकी डलर पुग्ने आयोजकले बताएको छ ।

यो वृद्धि सन् २०२५ को तुलनामा ६३ लाख ६४ हजार डलरभन्दा धेरै हो । आयोजकले पछिल्ला वर्षहरूमा सबै चरणहरूमा पुरस्कार रकम बढाउनमा ध्यान केन्द्रित गरेका छन् । आयोजकले विजेताहरूका लागि नभई प्रारम्भिक चरणमा बाहिरिएका खेलाडीहरूका लागि पनि पुरस्कार रकम बढाएका छन् ।

पछिल्लो वृद्धिका बावजुद फ्रेन्च ओपन समग्र पुरस्कार रकममा अन्य तीन ग्रान्ड स्लामभन्दा पछाडि रहेको छ । यूएस ओपनको विजेताले गएको वर्ष ९ करोड डलर प्राप्त गरेका थिए । यस्तै बेलायतको विम्बल्डन विजेताले ७ करोड २४ लाख डलर प्राप्त गरेका थिए । यस्तै अस्ट्रेलियन ओपनको विजेताले यस वर्ष ७ करोड ९९ लाख २० हजार डलर प्राप्त गरेका थिए ।

फ्रेन्च ओपन विश्वको चर्चित टेनिस प्रतियोगितामध्ये एक हो । यो फ्रान्सको पेरिसमा प्रत्येक वर्ष मे–जुन महिनामा आयोजना हुने एक प्रमुख ग्रान्ड स्ल्याम टेनिस प्रतियोगिता हो । रातो माटोमा खेलिने प्रतियोगिता भएकाले यसलाई निकै चुनौतीपूर्ण मानिन्छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search