काठमाण्डाै । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुभएको छ । छलफलका कोशी र सुदूरपश्चिमबाहेक पाँच प्रदेशका मुख्यमन्त्री सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयकाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा विकास निर्माणका काम, अहिले भइरहेको ढिलासुस्ती र कारण, सरकारको प्राथमिकता, स्रोत–साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशले भोगिरहेका प्रशासनिक र आर्थिक समस्यामा केन्द्रित रहेको थियो ।
राष्ट्रिय प्राथमिकताका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेश सरकारबीच आवश्यक सहकार्य थप सुदृढ बनाउन गर्न सकिने प्रयासबारे पनि छलफल भएको छ ।
गएको चैत १३ गते पदभार सम्हालेपछि प्रधानमन्त्री शाहले आज पहिलो पटक मुख्यमन्त्रीहरूसँग सामूहिक भेट र छलफल गर्नुभएको हो ।











