सर्लाहीको खैराटोलमा सडक विस्तारको विषयमा झडप : प्रहरीसहित तीन जना घाइते

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा सडक विस्तारको विषयलाई लिएर झडप भएको छ ।बिहान दुई पक्षबीच झडप हुँदा प्रहरी निरीक्षकसहित तीन जना घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका छन् । घाइतेहरु कुलबहादु कार्की, टीकाबहादुर कार्की र प्रहरी निरीक्षक गणेशको बरहथवा अस्पतालमा उपचार भइरहेको छ ।

अहिले खैराटोलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । बरहथवा नगरपालिका–४ वडा कार्यालयले खैराटोलको सडक ढलान गर्न चालू आर्थिक वर्षको योजनाबाट सात लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।सडक विस्तार गर्दा सडकको दुईतर्फ नै बराबर जग्गा लिनुपर्ने माग गरेकोमा केहीले जबर्जस्ती ढलान गर्न खोजेपछि झडप भएको स्थानीयवासीको भनाइ छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search