काठमाण्डौ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच आज एकता घोषणा भएको छ ।
काठमाण्डौमा आज एक कार्यक्रमका बीच नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गर्नुभएको हो । नेता गौतमले एकीकृत समाजवादीमा आउन चार वर्ष लागेको समेत उल्लेख गर्नुभयो ।
त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई बलियो बनाउन नेकपा एकता राष्ट्रिय अभियानसँगको एकता महत्त्वपूर्ण रहेको बताउनुभयो ।
गौतम एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा हुँदै गर्दा उपस्थिति नेता तथा कार्यकर्ताले हुटिङ गरेका थिए । साथै नेताहरूबीच अङ्कमालसमेत भएको थियो ।











