मकालुको दुर्गम क्षेत्रमा टेलिफोन सेवा विस्तारका लागि सर्भे सुरु

संखुवासभाको मकालु गाउँपालिका वडा नं. २ र ३ को संयूक्त पहलमा मकालु हिमाल र शिवधारा क्षेत्रलाई लक्षित गरि दुर्गम क्षेत्रमा टेलिफोन सेवा विस्तारका लागि प्रक्रिया सुरु गरिएको छ । नेपाल टेलिकम दुर सञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेम कुमार राईको नेतृत्वमा रहेको टोलीले स्थलगत अनुगमन तथा साइट सर्भेको काम अगाडी बढाइएको हो । उक्त टोलीलाई वडा नं. ३ मा स्वागत गर्दै आवश्यक समन्वयका लागि पहल गरिएको वडा अध्यक्ष बद्री बहादुर राईले बताउनु भयो ।

टोलीले वडा नं. ३ को बाक्लेक, डप्लेक, गाईखर्क, लरेवा खर्क, बहुले डाँडा, ठूलो पोखरी, खोङ्मा, सेदुवा हुँदै नुमसम्म पाँच दिने यात्रा सम्पन्न गरेको टोलीमा सहभागी नवराज कार्कीले बताउनु भयो ।

स्थानीय नागरिक र स्थानीय सरकारद्धारा लामो समय देखि सेवा विस्तारका लागि विभिन्न निकायसँग समन्वय तथा पहल भइरहेको स्मरण गर्दै अध्यक्ष राईले अब कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । यस कार्यको लागी वडा नं. २ का वडा अध्यक्ष छोपाल शेर्पा लगायतको महत्वपूर्ण भूमिका रहेको वडा अध्यक्ष राईले बताउनु भयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search