मकालु ३ मा आफ्नो गाउँ, आफैँ बनाउँ सडक नाटक मञ्चन

संखुवासभाको मकालु गाउँपालिका वडा नं. ३ मा जनचेतनामूलक सडक नाटक आफ्नो गाउँ, आफै बनाउँ मञ्चन सम्पन्न भएको छ । मकालु गाउँपालिकाको आयोजनामा मञ्चन गरिएको सडक नाटक वडा नं. ३ मा २७ र २८ गते मञ्चन गरिएको हो । उक्त नाटक मण्डला थ्रिएटरसँग आबद्ध कलाकारद्घय किरण चाम्लिङ र जीवन बरालको निर्देशनमा १० दिनको परिक्षण पछि ४ स्थानमा प्रर्दशन गरिएको थियो । बुधबार हिमालय माध्यमिक विद्यालय र उलिङमा त्यसैगरी बिहिबार सिम्मा र हेदाङ्ना गढीमा नाटक मञ्चन गरिएको हो ।

सडक नाटकबाट चेतना अभिबृद्धि गर्नुका साथै विकास र सामाजिक रुपान्तरणमा सकारात्मक शन्देश प्रवाह गर्नु मुख्य उद्धेश्य रहेको वडा नं. ३ का वडा अध्यक्ष बद्री बहादुर राईले बताउनु भयो । नाटकको भूमिकामा १४ जना स्थानीय कलाकारहरुको सहभागिता रहेको थियो । प्रशिक्षकद्धय चाम्लिङ र बराललाई विशेष सम्मान व्यक्त गर्दै उहाँहरुको योगदान स्थानीय कलाकारको क्षमता विकासमा महत्वपूर्ण भूमिका रहेको वडा अध्यक्ष राईले बताउनु भयो ।

कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने स्थानीयबासी तथा सम्पूर्ण सहयोगीहरुलाई वडा अध्यक्ष राईले धन्यवाद व्यक्त गर्नुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search