सुदूरपश्चिममा एमालेका मन्त्री बर्खास्त, कर्णालीमा कांग्रेसका मन्त्रीको सामूहिक राजीनामा

काठमाण्डाै। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ । यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन एमालेलाई आग्रह गर्नुभएको थियो । मुख्यमन्त्रीको आग्रहपछि एमाले नेताहरू आन्तरिक छलफलमा रहेकै बेला बर्खास्त भएका हुन् ।

सत्ता साझेदार दल कांग्रेस र एमालेबीच आर्थिक वर्ष २०८३/८४ को बजेटको विषयमा विवाद थियो । सत्तामा रहेको एमालेले नै खर्च कटौतीको प्रस्ताव राखेपछि मुख्यमन्त्री शाहले फिर्ता लिन अनुरोध गरे पनि उसले अस्वीकार गर्दै आएको थियो ।

सुदूरपश्चिमबाट एमाले र नेकपाको सत्ता सहकार्यको शुरुआत हुने सम्भावना बढेको छ । यस्तै कर्णाली प्रदेश सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका सबै मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आज बिहान मन्त्रिपरिषद् बैठकअघि मुख्यमन्त्री यामलाल कडेललाई भेटेर कांग्रेसबाट प्रतिनिधित्व गर्ने ४ जना मन्त्री – घनश्याम भण्डारी, राजीवविक्रम शाह, सुरेश अधिकारी र विजया बुढाले सामूहिक रूपमा राजीनामा बुझाउनुभएको हो ।

एमालेका कडेलको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट ४ र एमालेबाट ३ जना मन्त्री थिए । कांग्रेसका मन्त्रीहरूको राजीनामापछि कडेल नेतृत्वको सरकार सङ्कटमा परेको छ ।

यसअघि सरकार बनाउने बेला कांग्रेस र एमालेबीच प्रदेशहरूमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search