सिंहदरबारभित्र अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीको प्रदर्शन

काठमाण्डाै । सिंहदरबारमा अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीले प्रदर्शन गरेका छन् । हिजो अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरूले आज सिंहदरबारमा प्रदर्शन गरेका हुन् ।

सरकारले प्रशासनिक खर्च घटाउने भन्दै अस्थायी र करार कर्मचारीको सट्टा ठेक्का प्रक्रियाबाट जनशक्ति ल्याउने नीति ल्याएपछि तीनै तहका झन्डै ५० हजारभन्दा धेरै कर्मचारी घर फर्किनुपर्ने अवस्था आएको छ ।

साउन १ गतेदेखि नै कर्मचारी हटाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल भएपछि उनीहरू आन्दोलित भएका हुन् ।

आन्दोलनरत कर्मचारीले आफूहरूलाई स्थायी गर्नुपर्ने, सर्वोच्च अदालतले सुविधाका पक्षमा गरेका फैसला कार्यान्वयन गर्नुपर्ने र सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने माग राखेका छन् । पटक–पटक निवेदन दिँदा पनि सरकारबाट आश्वासनबाहेक केही नपाएको उनीहरूको गुनासो छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search