आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ । बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती तथा तिनका सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ ।

महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवनमा बाढीको जोखिम छ । त्यसैगरी नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेखमा बाढीको जोखिम छ ।

अछाम, कालिकोट, बाजुरा, हुम्ला, बझाङ। दार्चुला, बैतडी डोटी, डडेलधुरा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा पनि बाढीको जोखिम रहको महाशाखाको भनाइ छ । विशेषगरी पहाडी जिल्लामा छोटो समयमा ठूलो वर्षा भएमा खोला तथा सहायक नदीमा पानीको सतह एक्कासी बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search