हप्ताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउ धेरैले घट्यो

काठमाण्डौ । हप्ताको अन्तिम कारोबार दिन आज सुनचाँदीको भाउ धेरैले घटेको छ । सनको भाउ ४ हजार ६०० र चाँदीको भाउ ९० रुपैयाँले ओरालो लागको छ । सुनको भाउ आज ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि ९० रुपैयाँले घटेको छ । चाँदी ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी ४ हजार ७५० रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search